४ असार २०८३, बिहिबार । June 18, 2026

आइपीएल क्रिकेट, चेन्नाइ ६ विकेटले पराजित


१ जेष्ठ २०८०, सोमबार  

6
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा कोलकाताले चेन्नाइलाई ६ विकेटले पराजित गरेको हो । यो जितसंगै कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ । कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो ।

३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझदारी गरे । नितिश राणाले ४४ बल खेल्द ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे ।

कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्तीले पनि दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एकरएक विकेट लिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा