२१ मंसिर २०८२, शनिबार । December 6, 2025

आइपीएल क्रिकेट, चेन्नाइ ६ विकेटले पराजित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा कोलकाताले चेन्नाइलाई ६ विकेटले पराजित गरेको हो । यो जितसंगै कोलकाता १३ खेलबाट १२ अंक जोडेर सातौं स्थानमा उक्लेको छ । हारपछि पनि चेन्नाइ १३ खेलबाट १५ अंकसहित दोस्रो स्थानमै छ । कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक बनाएपछि चेन्नाइले दिएको १४५ रनको लक्ष्य कोलकाताले ९ बलअगावै चार विकेट गुमाएर पूरा गरेको हो ।

३३ रनमा तीन विकेट गुमाएको अवस्थामा नितिश र रिंकुले ९९ रनको साझदारी गरे । नितिश राणाले ४४ बल खेल्द ६ चौका र एक छक्का मदतमा अविजित ५७ रन बनाए । रिंकुले ४३ बलमा ४ चौका र तीन छक्का प्रहार गरी ५४ रन बनाए । चेन्नाइका लागि दिपक चाहरले तीन विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन बनाए । डेभोन कनवेले ३० र रविन्द्र जडेजाले २० रन जोडे ।

कोलकाताका सुनिल नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए । वरुण चक्रवर्तीले पनि दुई तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एकरएक विकेट लिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको