६ आश्विन २०८३, मंगलबार । September 22, 2026

परराष्ट्रमन्त्री साउद र बङ्गलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता


३१ बैशाख २०८०, आइतबार  

6
Shares

एजेन्सी । परराष्ट्रमन्त्री एनपी साउद र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

बङ्गलादेशको राजधानी ढाकामा उनिहरुबीच आइतबार भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ ।

ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । ढाकामा रहँदा उनले शुक्रबार नै भारतीय समकक्षी एस. जयशङ्करसँग भेटवार्ता समेत गरेका थिए । जयशङ्करसँगको भेटघाटमा समग्र दुई पक्षीय सम्बन्ध, सम्पर्क सञ्जाल, सडक सञ्जाल र जनस्तरको सम्बन्धबारे छलफल भएको साउदले बताए ।

हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो । भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो ।

परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्कँदै छन् । बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी भएर स्वदेश फर्किएको दुई दिनपछि उनि बङगलादेश गएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा