तिमीहरूको आगमनले त म सुधारिएकी छु ।
रिसलाई करुणाले भरेकी छु ।
अल्छीपनालाई उजागरमा साट्ने भएकी छु ।
तिमीहरू हाँस्दा सबै भुल्ने भएकी छु ।
कहिले काहीँ गाली खान्छौ कि भनेर ।
झुटो बोल्ने नि भएकी छु ।
अहो त्यो आनन्दको बयान कहाँ कसरी गरु म ।
पेट मै हुँदा कति आनन्दको महसुल गरेकी छु ।
अनि सन्सारमा टेक्यौ झनै खुशीले रुएकी छु ।
तिमीहरूको बालापन आहा फेरि सम्झिँदा नि ।
यो मन फुरुङ हुने भएकी छु ।
त्यो तोते बोली आहा । त्यो बामे सराई आहा ।
धतङ धतङ हिँड्न सिक्दै गर्दा लड्दा फकाउदै उठाउनुको आनन्द आहा ।
कलम समाउँदा , पढ्न सिक्दा ।
कसरी होला बरै भन्ने लाग्थ्यो ।
समय फेरिएको छ । तिमीहरू जान्ने बुझ्ने ।
म नजान्ने भएकी छु । त्यसले पनि खुशी अझै बढाएको छ ।
ज्ञानि र विवेकी छौं। संसार पनि भुलाएका छौं।
कति ठुलो सामर्थ्य हो। पुरै मलाई बदलेका छौं।
साथी पनि बनेका छौं ।
सल्लाहकार नि बनेका छौं ।
साना भनेर के गर्नु । कहिले काहीँ गाली गर्ने पनि बनेका छौं । कति ठुलो महत्त्व रैछ सन्तानको ।
आमा भनेर परिचय दिएका छौं ।
आमा भनेर परिचय दिएका छौं ।
प्रतिक्रिया