१ बैशाख २०८२, सोमबार । April 14, 2025

अब विदेशबाट आउँदा दुई वटा मोबाइल ल्याउन पाइने



काठमाडौं । सरकाले विदेशबाट फर्किदा दुई वटासम्म मोबाइल ल्याउन दिने निर्णय गरेको छ ।

यस अघि एक वटा मात्रै मोबाइल ल्याउन पाइन्थ्यो । यसमा संशोधन गरेर सरकाले अब दुई थान मोबाइल ल्याउन दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल ल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको छ ।

हाल झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ । १५ पुसदेखि एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली लागु गर्ने र विदेशबाट फर्किने नेपाली नागरिकले थप एक थान (प्रयोग गरिरहेको बाहेक) फोन ल्याउन दिने गरी झिटिगुन्टा आदेश संशोधन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई