८ चैत्र २०८२, आइतबार । March 22, 2026

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५० लाख डलर जरिवाना


२७ बैशाख २०८०, बुधबार  

3
Shares

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् ।

एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गर्दै मानहानि गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई दोषी ठहर गरेको हो । त्यसैगरी, उनले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा ट्रम्पले बलात्कार गरेको आरोप पनि लगाएकी थिइन् ।

यसमा भने ट्रम्प दोषी ठहर भएनन् । बिबिसीले यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर भएको उल्लेख गर्दै उनलाई ५० लाख क्षतिपूर्ति दिन आदेश दिइएको जनाएको छ । गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग पराजित ट्रम्प आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रने मनस्थितिमा थिए ।

अदालतको यो फैसलासँगै उनको योजनामा धक्का पुगेको विश्लेषण गरिएको छ । अदालतको फैसलापछि प्रतिक्रिया दिँदै उनले यसलाई अपमानजनक भएको टिप्पणी गरेका छन् । साथै उनले ती महिलालाई आफूले नचिनेको समेत दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो प्रकरणमा ट्रम्प पुनरावेदनमा जाने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो