६ आश्विन २०८३, मंगलबार । September 22, 2026

फरार रहेका टोपबहादुरको घरमा प्रहरीको छापा


२६ बैशाख २०८०, मंगलबार  

15
Shares

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेमतो रहेको आरोप लागेपछि प्रहरीको खोजी सूचीमा रहेका नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको घरमा मंगलबार प्रहरीले खानतलासी लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१५ सातदोबाटो नजिक रहेको रायमाझीको घरमा खानतलासी लिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा काठमाडौँबाट गएको टोलीले उनको घरमा खानतलासी लिएको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणमा जोडिएपछि रायमाझीलाई एक साताअघि नै प्रहरीले पक्राउ पुर्जीको अनुमति लिएर खोजी गरिरहेको छ । त्यसपछि रायमाझी सम्पर्कमा नभएकाले खोजी जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उक्त प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले तत्कालै पक्राउ गरिसकेको छ । उक्त घटनामा प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि पक्राउ गरिसकेको छ । यस्तै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईलगायत आठ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीमा शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर एक सय छ जनाले कूल रु २३ करोड २५ लाख ठगी भएको भन्दै २० वटा जाहेरी दिएका छन् । प्रहरीका अनुसार गिरोहले २०७६ देखिनै गृहका अधिकारीसँगको मिलेमतोमा काम गरेको पाइएको छ । कतिपयलाई भने नक्कली शरणार्थी बनाइसकेको फेला परेको छ ।

यसरी शरणार्थी बनाएबापत उनीहरूबाट प्रतिव्यक्ति लाखौँ रकम उठाएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा