२१ मंसिर २०८२, शनिबार । December 6, 2025

लुम्बिनीको प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता हुने



रुपन्देही । २५६७ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

बुधवार लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी वैशाख २२ गते शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाउने बताएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुने भएको हो ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बिहान ७ देखि ९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने बताए । उनले वैशाख २१ गते बिहीवार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि मध्यरात १२ बजेसम्म महापरित्राण हुने तथा बुद्ध पूर्णिमाको अवसरमा अबदेखि लुम्बिनी परिसर ‘हर्न निषेध’ गरिने बताए । उहाँले लुम्बिनीको प्रवद्र्धनका लागि टिकटक प्रतियोगिता गरिने पनि बताए ।

उनले वैशाख २२ गते पण्डितपुरदेखि बुद्धको अस्तधातु रहेको रामग्रामसम्म ‘अस्तधातु यात्रा’ गरिने भएका पनि बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको