६ आश्विन २०८३, मंगलबार । September 22, 2026

वर्तमान सरकार रहिरहे मुलुक टाट पल्टिन्छ: ओली


१९ बैशाख २०८०, मंगलबार  

3
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहे देश टाट पल्टिने जिकिर गरेका छन् ।

मुलुकको आर्थिक अवस्थाबारे टिप्पणी गर्दै उनले अर्थतन्त्र ओरालो लागेको र अबको डेढ वर्षमा यो क्रम नरोकिए मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले अर्थतन्त्र पूर्णरूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत औंल्याए । ‘मुलुक गम्भीर संकटमा छ। यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ,’ ओलीले भने ।

मंगलबार काठमाडौं महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा उनले पैसा नभएकै कारण आयातमा कमी आएको देखिएको पनि ओलीले बताए।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा