१० बैशाख २०८३, बिहिबार । April 24, 2026

भैरहवा भन्सारमा यौनकाण्ड सुटुक्क गुपचुप


१९ बैशाख २०८०, मंगलबार  

354
Shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर न.पा. १, बेलहिया स्थित भैरहवा भन्सार कार्यालयका एक अधिकृतको यौन काण्डको कर्तुत सुटुक्क गुपचुप पारिएको छ ।

घटना गत चैत १६ गतेको हो । भन्सार कार्यालयमै कार्यरत एकजना महिला भन्सार अधिकृतले काम गर्न राखेकी किशोरीमाथि भन्सार अधिकृत लक्ष्मण ढुंगानाले यौन दुव्र्यवहार गरेका थिए । रक्सीले मातेका भन्सार अधिकृत ढुंगानाले महिला भन्सार अधिकृत नभएको मौका छोपेर किशोरीमाथि गिद्दे नगर लगाएका हुन् ।

उनले महिला भन्सार अधिकृतको कोठामा गएर ती किशोरीलाई दुव्र्यवहार गरेका थिए । रक्सीको मातमा लठ्ठ परेका ढुंगानाले किशोरीलाई बलात्कार गर्ने मनसायले कोही नभएको मौकामा कोठामा गएको बताइन्छ । भन्सार अधिकृत ढुंगाना कोठामा पुगेर दुव्र्यवहार गर्न थालेपछि किशोरी चिच्याएकी थिइन् ।

त्यसपछि उनी कोठाबाट निस्किएर आफ्नो निवासमा गएका थिए । केही समयपछि महिला भन्सार अधिकृत आफ्नो निवासमा आएपछि ती किशोरीले ढुंगानाको कर्तुतबारे सबै कुरा बताइन् । विस्तारै ढुंगानाको कर्तुत आगोको भुससरी फैलियो ।

भोलिपल्ट भन्सार प्रमुख मनिराम पौडेलको नेतृत्वमा मिलापत्र भयो । ‘भन्सार प्रमुखले नै दबाब दिएपछि मिलापत्र भएको हो’, भन्सारका एक अधिकृतले भने । ती अधिकृतका अनुसार भन्सार प्रमुख पौडेलको कार्यकक्षमा भन्सारका सिनियर अधिकृत, महिला अधिकृत र ती पीडित किशोरी बसेर मिलापत्र भएको हो ।

‘सबै अधिकृतका अघि पीडक ढुंगानाले पीडित किशोरीको खुट्टा समाएर माफी मागेपछि मिलापत्र भयो, बाहिर केही कुरा नलैजाने भन्ने सहमति पनि भयो’, ती अधिकृतले भने । मिलापत्र गर्न बसेको छलफलमा महिला अधिकृतले ढुंगानालाई हकारेकी थिइन् । भन्सार परिसरमै ढुंगाना र महिला अधिकृत बस्ने निवाससँगै छ ।

पहिलेदेखि ती किशोरीलाई गिद्दे नजर लगाइरहेका भन्सार अधिकृत ढुंगानाले अभिभावक (महिला भन्सार अधिकृत) नभएको मौकामा किशोरीमाथि जाइलागेका हुन् । ‘ढुंगाना पहिलादेखि नै यौन पिपासु हुन्, केटी देख्यो की नेगेटिभ कुरा गर्ने, यिनले कुनै दिन केही न केही काण्ड घटाउँछन् भन्ने थियो, नभन्दै घटाए’, ती भन्सार अधिकृतले भने, ‘पहुँचका आधारमा केही भएन ।’ घटना मिलापत्र भएपछि ढुंगाना काठमाडौं गए ।

काठमाडौं गएर लामो समय बसेपछि उनी केही समय भन्सार विभागमा पनि हाजिर भएको बताइन्छ । विस्तारै भन्सार विभागमा ढुंगानाको कर्तुत पुगेपछि उनलाई त्यहाँ हाजिर गराइएको हो । त्यसपछि भन्सार विभागले ढुंगानालाई वैशाख ८ गते निर्णय गर्दै भैरहवा भन्सारबाट चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय, काठमाडौंमा खटाएको थियो ।

तर, शक्ति र पहुँचका आधारमा चल्ने ढुंगाना त्यहाँ हाजिर नभएको स्रोतले बताएको छ । दुई दिनमै भनसुन गरेर उनले आफ्नो काज रद्ध गरेर भैरहवा भन्सार कार्यालय नै फिर्ता भएका छन् । किशोरीमाथि जाइ लागेका ढुंगाना पहिलादेखि नै विवादित छविका भ्रष्ट अधिकृत मानिन्छन् ।

यसअघि उनले भैरहवा भन्सारमा व्यवसायीसँग मिलेमतो गरी कम मूल्यांकनमा सामान भन्सार पास गराउने गरेको आरोप भन्सारकै कर्मचारीले लगाउने गरेका थिए । उनले आफूलाई अर्थमन्त्री र अर्थसचिवको मान्छे हुँ भन्दै अन्य कर्मचारीलाई धम्की दिने गरेको बताइन्छ । आफ्नाविरुद्ध केही बोलेमा कर्मचारीको सरुवा गर्ने धम्की उनले दिने गरेका छन् ।

शक्तिकै आडमा उनले किशोरीमाथि कर्तुत गर्दासमेत कारबाहीमा परेनन् । बरु उल्टै रोजेकै ठाउँमा पुनः फर्किएका छन् ।ढुंगाना पुनः भन्सारमै फर्किएपछि महिला भन्सार अधिकृत र ती पीडित किशोरी सशंकित भएका छन् ।

भन्सार स्रोतका अनुसार किशोरीमाथि बलात्कार गर्ने मनसायले दुव्र्यवहार गरेपछि ढुंगानाले घटना बाहिर आउने डरमा आर्थिक प्रलोभन पनि देखाएका थिए । तर, महिला अधिकृतले प्रलोभन अस्वीकार गरेकी थिइन । त्यसपछि उनले माथिल्लो तहको शक्तिको आडमा भन्सार प्रमुखलाई प्रभावमा पारेर घटना सामसुम पारेका हुन् । यसबारे बुझ्ना ढुंगानाले आफूले कुनै गल्ती नगरेको दाबी गरे ।

आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको जनाउँदै उनले घटना नै नभएको जिकिर गरे । किशोरीको संरक्षणकर्ता महिला भन्सार अधिकृतले भने घटना घटेको स्वीकारिन । तर, गम्भीर घटना नभएकाले माफी दिएको उनको तर्क छ ।

‘उ (किशोरी) मेरी छोरीसरह हो, मैले छोरी नै बनाएर पालेकी छु, पठनपाठन गराएकी छु’, उनले भनिन्, ‘गम्भीर घटना भएको भए मैले कुनै हालतमा त्यस (ढुंगाना)लाई छाड्ने थिइनँ । समान्य भएकाले केही गरिएन ।’

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म