१४ फाल्गुन २०८२, बिहिबार । February 26, 2026

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, भारत र पाकिस्तानसँग खेल्न पाउने



काठमाडौं । घरेलु टोली नेपाल पहिलोपटक एसिया कपमा छनोट भएको छ ।

मंगलबार एसिसी प्रिमियर कपको फाइनल खेलमा युएईमाथि ७ विकेटको सानदार जित निकाल्दै नेपाल च्याम्पियन बनेको हो । च्याम्पियनसँगै नेपालले एसिया कपमा स्थान बनाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले जितका लागि दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा तीव्र गतिका बलर गुल्सान झाले सर्वाधिक अर्धशतकीय इनिङ खेले । ब्याटिङका लागि दोस्रो नंबरमै मैदान उत्रिएका गुल्सानले ८४ बलमा ६७ रन जोडे । साथै भीम सार्कीले ३६ रन जोडे ।

उनीहरु दुवै अविजित रहे ।नेपालको सुरुवात सम्झन लायक भने रहेन । नेपालले २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा एक रन बनाउँदै आउट भए ।

त्यस्तै, छैटौं ओभरको पहिलो बलमा कप्तान रोहितकुमार पौडेल पनि एक रन बनाउँदा आउट भए भने आशिफ शेख ८ रनमा पवेलियन फर्किए । त्यसपछि गुल्सान र भीमको जोडी जमेको थियो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो ।

सोमबार वर्षाको कारण २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल रोकिँदा मंगलबार ११ रन जोड्दै युएई ११७ रनमा समेटिएको हो । नेपालको सानदार बलिङमा युएईका कुनै पनि खेलाडीको ब्याटिङ चल्न सकेन । युएईका लागि अशिफ खानले सर्वाधिक ४६ रन जोडे ।

त्यस्तै, ओपनर आर्यन लाक्राले १३ रन, कप्तान मुहम्मद वासिमले ११ रन र बसिल हमिदले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । बलिङतर्फ नेपालका स्पिनर ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले २र२ विकेट तथा सोमपाल कामी र गुल्सान झाले एकएक विकेट लिए । अब च्याम्पियन नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १२ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा