११ असार २०८३, बिहिबार । June 25, 2026

६ बजेका लागि तय भएको संसद बैठक अझै सुरु हुन सकेन


१२ जेष्ठ २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । शुक्रबार एमालेको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक अनिश्चित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो अडान कसेपछि बैठक अनिश्चित बनेको हो । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न शुक्रबारका लागि डाकिएको बैठकको सुरुमै एमालेले संसद अवरोध गरेको थियो । जेठ १० गतेको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी भनि पित्तलको जलहरी लगाएर भ्रष्टाचार भएको भन्दै दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरुद्ध गरेको थियो ।

सांसद दाहालले तत्कालीन एमाले सरकारको पालामा पशुपतिनाथको मन्दिरमा सुनको भनेर पित्तलको जलहरी राखेर भ्रष्ट्राचार गरेको आरोप लगाएका थिए । सोही विषयलाई लिएर शुक्रवारको बैठकमा एमाले सांसदहरूले दाहालको भनाइप्रति आपत्ति जनाउँदै पशुपतिमा राखिएको जलहरी सुनको हो कि पित्तलको भन्दै सरकारको जवाफ माग गरेका थिए ।

साथै एमाले सांसदहरुले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाई माफि नमाग्दा सम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताएका थिए । आफ्नो पार्टी अध्यक्षलाई भ्रष्ट्राचारको आरोप लगाएपछि एमाले सांसदहरूले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक रोकेका थिए ।

त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न पार्टीका संसदीय दलका नेताहरूसँग सभामुखले संवाद थाले पनि बैठक सञ्चालनको विषयमा सहमति जुट्न सकेको छैन् । यसअघि संघिय संसद सचिवालयले ६ बजेका लागि बैठकको समय निर्धारण गरेको भएपनि बैठक सुरु हुन सकिरहेको छैन् ।

एमालेले आफ्ना हठका कारण यति लामो समय सम्म बैठक सुरु हुन नदिएपछि अन्य दलका सांसदहरुले भने आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर