७ आश्विन २०८३, बुधबार । September 23, 2026

नपाउने भए रेशमले उन्मुक्ति, राष्ट्रपतिले फिर्ता पठाए फाइल


१२ जेष्ठ २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । टिकापुर घटनाका मुख्य दोषी ठहरिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरिको आम माफि सम्बन्धी प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफि सम्बन्धी प्रस्तावका फाइल पुनः गृहमन्त्रालयमा फिर्ता गरेको हो । चौधरीलाई आमाफि दिनका लागि कानून नपुगेकाले तत्काल माफि दिन नसकिने भन्दै फाइल फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा अदालतमा दोषी ठहर भइ चौधरीले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् ।

चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी सरकारले गरेको थियो । तर, राष्ट्रपति कार्यलयले फाइल फिर्ता पठाएपछि तत्काल रेशमको नछुटने भएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ५ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा