३० बैशाख २०८३, बुधबार । May 13, 2026

बागमती प्रदेशमा आजबाट लागु हुनेगरि सार्वजनीक सवारीको भाडा घट्योे


१२ जेष्ठ २०८०, शुक्रबार  

12
Shares

काठमाडौं । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ ।

काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा पाँच दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । उनले भने, “नयाँ भाडादर राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुने छ ।” यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडी भाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए ।

नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गत चैत २० गते डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १०–१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर रु १०–१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ ।

अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० तिर्दै आएका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली