१६ चैत्र २०८२, सोमबार । March 30, 2026

महावीर पुनको आन्दोलनलाई समर्थन जनाउँदै देशभर प्रदर्शन


१७ बैशाख २०८०, आइतबार  

9
Shares

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा काठमाडौंको माइतीघरमा जारी आन्दोलनलाई समर्थन जनाउँदै देशैभरीवाट ऐक्यबद्धता जनाउन सुरु भएको छ ।

हिजो साँझ पथलैया र सिमराका युवाले पुनको आन्दोलनलाई समर्थन जनाउँदै महेन्द्र राजमार्गको सडक खण्डमा प्रर्दशन गरेका छन् भने नेपालगञ्जस्थित त्रिभुवन चौकमा पनि स्वतः स्फुर्त रुपमा प्रदर्शन भएको छ । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन’को नारा लिएर माइतीघर मण्डलामा गत शुक्रवार देखी धर्नामा बसेका पुनको आन्दोलनलाई समर्थन जनाउँदै युवाहरुले देशैभरीवाट क्रमशः प्रदर्शन सुरु गरेका हुन्।

‘इलाम, सिमरा, चितवन, नेपालगन्ज र पोखरामा पनि अनुसन्धान, नबप्रबर्तन र आबिष्कारको जनआन्दोलनको समर्थनमा आन्दोलन गरिरहेको समाचार आएको छ,’ पुनले आफनो आन्दोलनको समर्थनमा भएका प्रदर्शनवारे जानकारी दिदै भनेका छन, ‘इच्छा हुनेहरुले जहाँ र जे जसरी पनि आन्दोलन गरे हुन्छ ।’

पथलैया र सिमरामा प्लेकार्डसहित प्रदर्शन गर्दै पुनले उठाएका मागलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने प्रदर्शनकारीहरुले उल्लेख गरेका छन् । प्ले कार्डसहित स्वस्फुर्त रुपमा क्रमशः सडकमा प्रदर्शनकारी आउन थालेका हुन् । सिमराका युवाहरुले भने दैनिक एक घण्टा सिमराको चोकमा प्रदर्शन गर्ने जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र