३१ आश्विन २०८३, शनिबार । October 17, 2026

विद्यालयमा राजनीतिक गतिविधि भए प्रधानाध्यापकलाई कारबाही गर्ने


१४ बैशाख २०८०, बिहिबार  

3
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रम आयोजना गर्न दिने प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले मातहातका सबै विद्यालयहरूलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो । महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको हो ।

‘कुनै पनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्वारा जारी निर्देशनमा भनिएको छ, ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्यहोरासमेत जानकारी गराइन्छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि