२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आइपीएलः मंगलबार राती भएको खेलमा गुजरात विजयी



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले पराजित गरेको छ ।

घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम, अहमेदावादमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । जवाफमा मुम्बईले ९ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो । पाँचौ जितपछि गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

शुभमन गिलको अर्धशतक अनि डेविड मिलर, अभिनव मनोहर र राहुल तेवाटिया आक्रामक ब्याटिङमा गुजरातले दुई सय रनको स्कोर कटाएको थियो । गिलले ३४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ५६ रन बनाए । मिलरले २२ बलमा ४६ रन बनाउँदा २ चौका र ४ छक्का प्रहार गरे ।

अभिनव मनोहरले २१ बलबल खेल्दै समान ३ चौका र छक्का प्रहार गरी ४२ रन जोडे । तेवाटियाले ५ बल खेल्दै ३ छक्का मद्दतमा अविजित २० रन बनाए । अभिनव, मिलर र तेवाटिया चम्कँदा गुजरातले अन्तिम चार ओभरमा ७० रन जोडेको थियो । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए ।

मुम्बईका पियुष चावलाले २ तथा अर्जुन तेन्दुलकर, जासोन बेहरेनडोफ, राइले मेरेडिथ र कुमार कार्तिकेयले समान १–१ विकेट लिए । बलिङमा गुजरातको अफगानी स्पीन जोडी रासिद खान र नुर अहमद चम्कपिएपछि गुजरातले मुम्बईलाई १५२ रनमै रोक्न सफल भयो ।

कप्तान हार्दिकले मुम्बईका कप्तान रोहित शर्मालाई दोस्रो ओभरमै कट एण्ड बोल्ड गरे । त्यसपछि मुम्बईले नियमित अन्तरमा विकेट गुमायो । रासिदले इशन किसन र तिलक बर्माको विकेट लिए । नुरले क्यामरुन ग्रीन र सूर्यकुमार यादव र हार्ड हिटर टिम डेविडलाई आउट गरे ।

मुम्बईका लागि नेहाल वाडेरले २१ बलमा ३ चौका र ३ छक्का प्रहार गरी सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीनले ३३ र सूर्यकुमारले २३ रन जोडे । पियुष चावलाले १८ तथा इशान किसन र अर्जुन तेन्दुलकरले समान १३ रन बनाए । गुजरातका नुर अहमदले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । रासिदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

मोहित शर्माले पनि २ विकेट लिए ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १० : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको