२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान



काठमाडौं । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए ।

रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । सन्दीपले नामिबियाविरुद्ध १४, नेदरल्यान्ड्सविरुद्ध ४, ओमानविरुद्ध १०, पीएनजीविरुद्ध २५, स्कटल्यान्डविरुद्ध १०, यूएईविरुद्ध २२ र अमेरिकाविरुद्ध १५ विकेट लिएका छन् ।

सन्दीपले आईसीसी क्रिकेट विश्वकप लिग-२ मै ७३ विकेट लिइसकेका छन् । यस प्रतियोगितामा धेरै विकेट लिनेमा सन्दीप दोस्रो स्थानमा छन् । ओमानका विलाल खानले ७६ विकेट लिएका छन् ।

१०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुसीयाली मनाएका थिए । १०० विकेट लिएर सन्दीपले दर्शकसामु अभिवादन पनि गरे ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ३ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको