२१ मंसिर २०८२, शनिबार । December 6, 2025

महासंघले गर्‍यो ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेको औँल्याउँदै केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको अध्यक्ष ढकालले बताए । निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीले कर्जाको साँवा-ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुर्नतालिकीकरणको सुविधा दिन उनले राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

वार्तामा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १२ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको