६ पुस २०८२, आइतबार । December 21, 2025

साउनयता यूएईमा १ सय १७ नेपालीको मृत्यु



यूएई । यूएईमा १ सय १७ जना नेपालीले ज्यान गुमाएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा यूएईमा सो संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । यूएईमा रहेको नेपाली दूतावासले साउनदेखि चैतसम्म १ सय १७ जना नेपालीको शव व्यवस्थापन गरेको जनाएको छ । दूतावासका अनुसार साउनमा २४, भाद्र १६, असोज १०, कात्तिक ११, मङ्सिर १६, पुस १०, माघ ९, फागुनमा ८ र चैतमा १३ जनाको मृत्यु भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा यूएईमा १७४ जनाको ज्यान गएको थियो । जसमध्ये दूतावासले एक सय ६७ शव स्वदेश फिर्ता पठाएको थियो भने ७ वटा यूएईमै सतगत गरिएको थियो । यस्तै, यूएईमा रहेका नेपालीहरूले विभिन्न माध्यममार्फत गुनासो राख्ने क्रम पनि बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म ४ हजार १ सय ८९ जनाले फोन, इमेल र दूतावासमै गएर विभिन्न गुनासो राखेका छन् । साउनमा १४९, भाद्रमा ५३२, असोजमा ७१७, कात्तिकमा ४४९, मङ्सिरमा ६९४, पुसमा ३८९, माघमा ३७१, फागुनमा ३५५ र चैतमा ५३३ जनाले दूतावासमा गुनासो राखेका दूतावासले जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले