१० बैशाख २०८३, बिहिबार । April 24, 2026

तनहुँ- १ उपनिर्वाचन

एमाले-कांग्रेसलाई स्वर्णीम चुनौती !


७ बैशाख २०८०, बिहिबार  

3
Shares

तनहुँ । वैशाख १० गतेका लागि तय उपचुनाव सम्मुखमै आइसकेको छ । उम्मेदवार र राजनीतिक दलहरु चुनावी प्रचार–प्रसारमा व्यस्त छन् ।

उपनिर्वाचन हुन लागेका चितवन २, बारा २ र तनहुँ १ मा उम्मेदवारहरु चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन् । त्यसैमध्ये पछिल्लो समय निकै चर्चामा रहेको अर्को निर्वाचन क्षेत्र हो तनहुँ १ । यो निर्वाचन क्षेत्रमा रास्वपा बाट स्वर्णीम वाग्ले जो यसअघि लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका अर्थशास्त्री हुन ।

त्यस्तै नेकपा एमालेबाट नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल र नेपाली कांग्रेसबाट गोविन्द्र भट्टराई मुख्य प्रतिष्पर्धी हुन । तनहुँ १ बाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त यस क्षेत्रमा हुने उपचुनावमा हुन लागेको हो । गएको चुनावमा तनहुँमा कांग्रेसका रामचन्द्र पौडेल कांग्रेस–माओवादी केन्द्रसहितको ५ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा निर्वाचित भएका हुन् ।

पौडेलले २५ हजार ३ सय १३ मत ल्याएर एमालेका एक बहादुर रानालाई पराजित गरेका थिए । एकबहादुरले १९ हजार ९ सय २५ मत पाएका थिए । यसरी नै कांग्रेसको कारबाही भोगेका पूर्वमन्त्री गोविन्दराज जोशीले समेत ६ हजार ८ सय ७८ मत ल्याए । यसपटक जोशीले रास्वपाका उम्मेदवार वाग्लेलाई समर्थन गर्ने भएका छन् ।

यस्तै गएको निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत पाएका थिए । त्रिपक्षीय भिडन्त हुने आंकलन तनहुँमा गरिएको छ । त्यसैले पनि अघिल्लो पटकको चुनावी माहोल भन्दा केहि फरक वातावरण भने बनेको छ । तनहुँको उपनिर्वाचनलाई ठुला राजनीतिक दलहरुले प्रतिष्ठाको बिषय बनाएकाले पनि यतिबेला सबैको ध्यान यतै केन्द्रित भएका छन् ।

नेपाली कांग्रेसले स्वर्णीलाई हराउन र आफ्नो उम्मेदवारलाई जिताउनका लागि महामन्त्री गगन थापालाई निर्वाचन कमाण्डर बनाएको छ । त्यस्तै एमालेका पनि प्रभावशाली नेताहरु तनहुँ केन्द्रित भएका छन् । रास्वपाबाट पनि सभापति रवि लामिछाने सहितका अन्य सांसदहरु पनि तनहुँ पुगिसकेका छन् ।

रास्वपाले तनहुँमा आक्रामक प्रचार गरिरहेको छ । रास्वपा सभापति रवि लामिछाने नै स्वर्णिमको चुनावी सभालाई सम्बोधन गर्न पुगिरहन्छन् । बुधबार मात्रै गठबन्धनका शिर्ष नेताहरु तनहुँको चुनावी सभालाई सम्बोधन गर्न यहाँ पुगेका थिए । उपचुनावलाई ददलहरुले शक्ति परिक्षणको हिसाबले लिएकाले पनि उपचुनाव केन्द्रमा देखिन्छ ।

सामाजिक सञ्जालमा उम्मेदवारको बढाई चढाई गरेर बखान गर्नेमा रास्वपा अघि देखिएको छ । तर, अन्य पार्टीहरुले पनि यस क्षेत्रमा आफ्ना उम्मेदवारबारे विभिन्न प्रचार सामाग्री राख्दै आएका छन् । अघिल्लो मतलाई हेर्दा कांग्रेस अघि देखिएपनि उपचुनावको वातावरण अलि फरक देखिएको छ ।

रास्वपा आफ्नै पनि बलियो मत रहेको र कांग्रेसबाट कारबाही भोगेका गोविन्दराज जोशीले पनि स्वर्णीमलाई समर्थन गर्ने भएकाले यहाँ रास्वपा हावि हुने चर्चा पनि उत्तिकै चुलिएको छ । उनका चुनावी सभा र सम्मेलन हरुमा पनि सर्वसाधारणको निकै भिड लाग्ने गरेको छ ।

यद्यपी, यस क्षेत्रमा आफ्नो विरासत जोगाउन कांग्रेस सफल हुन्छ या कांग्रेसबाट राजनीनि सुरु गरेर यतिबेला रास्वपामा पुगेका वाग्लेले बाजि मार्छन त्यो भने भिडलाई नै हेरेर निर्धारण गर्नु मुर्खता हुन सक्छ । किनभने यस क्षेत्रमा कांग्रेस उम्मेदवारलाई माओवादी लगाएतका अन्य गठबन्धन दलहरुको पनि समर्थन रहेको छ ।

त्यसैले यसको निर्धारण भने निर्वाचन परिणमले नै तय गर्नेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म