५ आश्विन २०८३, सोमबार । September 22, 2026

भारतीय ठेकेदारले अलपत्र पारेका सडकको सम्झौता तोड्ने समझदारी


५ बैशाख २०८०, मंगलबार  

6
Shares

काठमाडौं । भारतीय ठेकेदारले सडक ठेक्का लिएर पनि अलपत्र परेका आयोजनाको सम्झौता तोड्नेसम्मको समझदारी भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटमा यससम्बन्धी समझदारी भएको हो । भेटमा भारतीय कम्पनीले लिएका रुग्ण ठेक्काबारे छलफल भएको थियो । छलफलमा पटकपटक म्याद थप्दा पनि प्रगति नभएका सडक आयोजना कसरी अघि बढाउने भन्नेलगायत विषय उठेका थिए ।

सचिव केशवकुमार शर्माका अनुसार बथनाहा–विराटनगर रेल सञ्चालन र रक्सौल–काठमाडौं रेलमार्ग निर्माण विषयमा पनि कुराकानी भएको थियो । भारतीय एक्जिम बैंकको लगानीमा विभिन्न योजना निर्माणाधीन छन् । ती योजना भारतीय निर्माण कम्पनीले लामो समयदेखि निर्माण सम्पन्न गरेका छैनन् ।

दाङको लमही–घोराही सडकखण्डको जिम्मा भारतीय कम्पनीले लिएको थियो । सडक निर्माण अलपत्र परेपछि ठेक्का तोड्ने मनसायमा नेपाल र भारत दुवै पुगेका हुन् । मन्त्री ज्वाला र राजदूत श्रीवास्तवबीच रक्सौल-काठमाडौं रेल सेवा निर्माणका विषयमा पनि कुराकानी भएको थियो । सो रेलमार्गलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

भेटमा नेपाल–भारत सीमामा रहेका रेलमार्गका विषयमा पनि कुराकानी भएको छ । बथनाह–विराटनगर, न्यू जलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–जनकपुर, नौतनवा–भैरहवा, रुपैडिया–नेपालगञ्ज क्रस बोर्डर रेल सेवाका विषयमा कुराकानी भएको सचिव शर्माले जानकारी दिए ।लमही-तुलसीपुर सडकमा प्रगति नभएकाले ठेक्का तोड्न भारतीय पक्ष पनि सहमत भएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा