८ चैत्र २०८२, आइतबार । March 22, 2026

आइपीएल क्रिकेट

मुम्बईले कोलकतालाई ५ विकेटले हरायो


३ बैशाख २०८०, आइतबार  

3
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले वेनकाटेश अयेरको शतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । मुम्बईले १८६ रनको लक्ष्य १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको लागि इशन किसनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए ।

कार्यवाहक कप्तान सूर्यले २५ बलमा ४३ रन जोडे । तिलक बर्माले पनि २५ बल खेल्दै ३० रन बनाए । रोहित शर्माले १३ बलमा २० रन बनाए । टिम डेविडले १३ बलमा अविजित २४ रन जोडे । कोलकताका लागि सुयास शर्माले २ तथा शार्दुल ठाकुर, वरुण चक्रवर्ती र लकी फर्गुसनले समान १ विकेट लिए ।

त्यसअघि वेनकाटेश अयेरले १०४ रन प्रहार गरेपछि कोलकताले ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेनकाटेशले ५१ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरे । रिंकु सिंहले १८ र शार्दुल ठाकुरले १३ रन जोडे । आन्द्रे रसेलले ११ बलमा ३ चौका १ छक्का प्रहार गर्दै अविजित २१ रन बनाए ।

मुम्बईका लागि ऋतिक शोकिनले २ तथा क्यामरुन ग्रीन, डुवान जानसेन, पियुष चावला र राइले मेरेडिथले समान १ विकेट लिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो