२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आइपीएल क्रिकेट

मुम्बईले कोलकतालाई ५ विकेटले हरायो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।

मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले वेनकाटेश अयेरको शतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । मुम्बईले १८६ रनको लक्ष्य १७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईको लागि इशन किसनले २५ बलमा ५ चौका र ५ छक्का प्रहार गरी सर्वाधिक ५८ रन बनाए ।

कार्यवाहक कप्तान सूर्यले २५ बलमा ४३ रन जोडे । तिलक बर्माले पनि २५ बल खेल्दै ३० रन बनाए । रोहित शर्माले १३ बलमा २० रन बनाए । टिम डेविडले १३ बलमा अविजित २४ रन जोडे । कोलकताका लागि सुयास शर्माले २ तथा शार्दुल ठाकुर, वरुण चक्रवर्ती र लकी फर्गुसनले समान १ विकेट लिए ।

त्यसअघि वेनकाटेश अयेरले १०४ रन प्रहार गरेपछि कोलकताले ६ विकेट गुमाएर १८५ रन बनाएको थियो । वेनकाटेशले ५१ बल खेल्दै ६ चौका र ९ छक्का प्रहार गरे । रिंकु सिंहले १८ र शार्दुल ठाकुरले १३ रन जोडे । आन्द्रे रसेलले ११ बलमा ३ चौका १ छक्का प्रहार गर्दै अविजित २१ रन बनाए ।

मुम्बईका लागि ऋतिक शोकिनले २ तथा क्यामरुन ग्रीन, डुवान जानसेन, पियुष चावला र राइले मेरेडिथले समान १ विकेट लिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको