२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सोमवार गुल्मीमा मह दिवस मनाइँदै



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ ।

मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए । मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सोअन्तर्गत सङ्गठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको थियो ।

दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो । तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहनेछ । पहिलो वर्षमा रु ३२ लाख र दोस्रो वर्षमा रु ३७ लाख ५० हजार लुम्बिनी प्रदेश सरकारको मौरी स्मार्टमा लगानी भएको छ । जसमा मौरीका लागि आवश्यक सामग्री, मह बनाउने तालिम र घार निर्माणका लगानी गरिएकोे अध्यक्ष घर्तीमगरले बताए ।

“मौरीको व्यवसायीकरण, प्रवद्र्र्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो” उनले भने, “मह दिवसले मौरी पालन गर्न थप आकर्षित गर्नेछ ।”

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको