२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

आइपीएल क्रिकेटः लखनउ सँग पञ्जाब २ विकेटले पराजित



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससंग लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित भएको छ ।

सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९ दशमलब ३ बलमा ८ विकेट गुमाएर पूरा गरेको थियो । राजाले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले दुई दुई विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले ५६ बलमा ८ चौका र १ छक्का मदतमा ७४ रन बनाए ।

कायल मेयर्सले २९ रन जोडे । पन्जाबका साम करनले ३ तथा कागिसो राबडाले २ विकेट लिए । तेस्रो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । समान खेलबाट ६ अंक नै रहेको लखनउ राम्रो रनरेटमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको