२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

स्वयम्भुमा नयाँ बर्षमा व्यापारीक तथा सांस्कृतिक महोत्सव



काठमाडौं । नयाँ वर्ष २०८० सालको शुभ अवसरमा स्वयम्भुमा प्रथम स्वयम्भु थुइखेल पर्यटन कृषी व्यापारीक तथा सास्कृतीक महोसत्व २०७४ को आयोजन हुने भएको छ ।

स्वयम्भु भुइखेल युवा क्लवको आयोजनामा शान्तिको लागि युवा भन्ने मूल नाराका साथ सो महोसत्व हुन लागेको हो । महोत्सवमा स्थानिय कला सास्कृतीको जोर्गना, मौलिक बाजा गाजा, स्थानिय उपभोग्य उत्पादित वस्तुको प्रदर्शन तथा विक्री वितरण र नेपाली खानाको परिकारका स्टलहरु विशेष रुपमा रहने छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत सास्कृतीक तथा पर्यटन महोसत्व आयोजना गर्न लागेको आयोजकले बताएका छन ।

स्वयम्भु भइखेल खेल मैदानमा महोत्सव आयोजना गरिने छ, जहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नमा सामाग्रीहरु तथा विभिन्न प्रकारका लता कपडा, जुता चप्पलहरुको विक्री वितरणका स्टलहरु हुनेछ । कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवर्धन गर्न स्टल रहनेछ । राष्ट्रिय तथा स्थानिय खाना महोसत्व, विभिन्न वान्डका मोबाइल, इलेक्टोनिक्स सामानहरुको स्टल पनि रहनेछ ।

विक्री गरिने सामानहरुमा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुट व्यवस्था गरिएको छ । महोसत्वमा करिब २ लाख उपभोक्ताको मेलको अवलोकन तथा सेवा प्राप्त गर्ने छ । वाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीको साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हास्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।

महोसत्वमा हरेक दिन व्याण्डको प्रस्तुती, नृत्य प्रतियोगिता, वि-वोइङ र अन्य मनोरञ्जनका कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु ७० र रु १०० रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था पनि गरिएको छ। महोसत्वमा काठमाडौं, ललितपुर, नुवाकोट, धादिङ तथा नजिक जिल्लाका बासिन्दाले यसबाट लाभ लिने पाउने छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको