१४ फाल्गुन २०८२, बिहिबार । February 27, 2026

साउदीले इरानमा चाँडै लगानी गर्न सक्छः अर्थमन्त्री



एजेन्सी । साउदी अरबले इरानसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न सहमति जनाएपछि साउदी अरबले इरानमा ‘चाँडै’ लगानी सुरु गर्न सक्ने साउदी अर्थमन्त्रीले बुधबार बताएका छन् ।

मोहम्मद अल–जदानले इरानमा ‘धेरै अवसर’ रहेको र दुई खाडी मुलुकबीच लगानी हुन नदिन आफूले कुनै कारण नदेखेको बताए । रियादमा आयोजित वित्तीय क्षेत्रको एक सम्मेलनमा साउदी अरबले इरानमा ‘महत्वपूर्ण’ लगानी गर्न कति चाँडो सुरु गर्न सक्छ भन्ने प्रश्नमा उनले भने, “म यस बिषयमा अहिल्यै होइन, छिट्टै भन्नेछु ।” “जब मानिसहरू वास्तवमै सहमति भएका सिद्धान्तहरूमा अडिग रहन्छन्, मलाई लाग्छ कि यो चाँडै हुन सक्छ ।”

शुक्रबार चीनको मध्यस्थतामा साउदी अरब र इरानले दुई महिनाभित्र सम्बन्ध पुनःस्थापना र कूटनीतिक नियोगहरू पुनः सञ्चालन गर्ने दिशामा काम गर्न सहमत भएका छन् । सन् २०१६ मा साउदी अरबले एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि हिंसात्मक प्रदर्शन भएको र तेलका लागि धनी मानिने यी प्रतिद्वन्द्वीले सम्बन्ध विच्छेद गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा तेहरान र प्रमुख शक्तिराष्ट्रबीच भएको ऐतिहासिक आणविक सम्झौता त्यागेपछि इरानमाथि अमेरिकी प्रतिबन्ध लगाइएको छ ।

लामो समयदेखि अमेरिकाको सहयोगी रहेको साउदी अरबले तेललगायत प्रमुख क्षेत्रलाई लक्षित गरी लगाइएको प्रतिबन्धलाई समर्थन गर्ने प्रतिवद्धता जनाएको थियो । तर अल–जदानले भने, “लगानी नहुनुको कुनै कारण छैन । मेरो मतलब, इरान हाम्रो छिमेकी हो र सयौं वर्षदेखि रहँदै आएको छ र रहिरहनेछ ।” उनले भनाईलाई जोड्दै तर्क गरे, “त्यसैले लगानीमा सम्बन्धको सामान्यीकरणलाई रोक्न सक्ने म कुनै पनि मुद्दा देख्दिन ।

जबसम्म हामी सम्झौतामा अडिग रहन्छौं, तबसम्म तपाईंलाई थाहा छ, सार्वभौम अधिकारको सम्मान गर्दै, अन्य मामिलामा हस्तक्षेप हुँदैन ।” उनले भने, “मलाई लाग्छ इरानमा धेरै अवसरहरू छन् र हामी पनि उनीहरूका लागि धेरै अवसरहरू प्रदान गर्न सक्छौँं ।”

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष