१ कार्तिक २०८३, आइतबार । October 18, 2026

पारससम्मिलित एसिया लायन्सले इन्डिया महाराजसलाई हरायो


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग– २०२३ को पहिलो खेलमा इन्डिया महाराजसलाई हराएको छ ।

कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेसल क्रिकेट स्टेडियममा गएराति भएको खेलमा एसियाले इन्डियालाई ९ रनले हराएका हो । एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रनमात्र बनायो । इन्डियाका कप्तान गौतम गम्भीरले हत सर्वाधिक ५२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । नेपालका पूर्वकप्तान खड्का २ बलमा ३ रन बनाएर अविजित रहे । उनले आठौँ नम्बरमा ब्याटिङ गर्ने अवसर पाएका थिए । एसियाले अब सोमबर वल्र्ड जायन्ट्ससँग खेल्नेछ । एसियाका कप्तान पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि