८ चैत्र २०८२, आइतबार । March 22, 2026

पारससम्मिलित एसिया लायन्सले इन्डिया महाराजसलाई हरायो


२७ फाल्गुन २०७९, शनिबार  

6
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिग– २०२३ को पहिलो खेलमा इन्डिया महाराजसलाई हराएको छ ।

कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेसल क्रिकेट स्टेडियममा गएराति भएको खेलमा एसियाले इन्डियालाई ९ रनले हराएका हो । एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको महाराजसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५६ रनमात्र बनायो । इन्डियाका कप्तान गौतम गम्भीरले हत सर्वाधिक ५२ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो । नेपालका पूर्वकप्तान खड्का २ बलमा ३ रन बनाएर अविजित रहे । उनले आठौँ नम्बरमा ब्याटिङ गर्ने अवसर पाएका थिए । एसियाले अब सोमबर वल्र्ड जायन्ट्ससँग खेल्नेछ । एसियाका कप्तान पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो