२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

विश्वकप क्रिकेट लिग-२

यूएईमाथि पपुवा न्यूगिनीको सानदार जित



काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले यूएईलाई पराजित गरेको छ ।

आज (शुक्रबार) टियू खेल मैदानमा भएको खेलमा पपुवा न्यूगिनीले यूएईलाई ५६ रनले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ दशमलब २ ओभरमा १९० रन मात्रै बनायो । यूएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए ।

बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २/२ विकेट लिए । त्यसअघि यूएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए ।

ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए । अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए । सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे ।

३२ ओभरमा १८४ रन बनाउदा तीन विकेट गुमाएको पिएनजीले बाँकी ओभरमा ६२ रन मात्र जोड्न सक्यो । बलिङमा यूएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २र२ विकेट लिए । नेपाल, यूएई र पपुवा न्यूगिनीबीच यो सिरिज आइसीसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो ।

सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ । चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ । बाँकी तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको