८ चैत्र २०८२, आइतबार । March 22, 2026

विश्वकप क्रिकेट लिग-२

यूएईमाथि पपुवा न्यूगिनीको सानदार जित


२६ फाल्गुन २०७९, शुक्रबार  

18
Shares

काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा पपुवा न्यूगिनीले यूएईलाई पराजित गरेको छ ।

आज (शुक्रबार) टियू खेल मैदानमा भएको खेलमा पपुवा न्यूगिनीले यूएईलाई ५६ रनले पराजित गरेको हो । पपुवा न्यूगिनीले दिएको २४७ रनको लक्ष्य पछ्याएको यूएईले ४२ दशमलब २ ओभरमा १९० रन मात्रै बनायो । यूएईका आर्यन लक्राले ५१ रन जोड्दा कप्तान तथा ओपनर मोहमद वासीमले ४१ रन बनाए ।

बलिङमा पिएनजीका रेली हेकुरेले ३ विकेट लिए भने काबुआ मोरिआ र आसद भालाले २/२ विकेट लिए । त्यसअघि यूएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरेका थिए ।

ओपनर किप्लिन डोरिगाले ४४ बलमा ५५ रन बनाए । अर्का ओपनिङ ब्‍याट्सम्यान हिरी हिरी ७७ रनको योगदान दिए । सेसे बाउले नटआउट ८१ रन जोडे। उनले १०६ बलमा १० चौका प्रहार गरे ।

३२ ओभरमा १८४ रन बनाउदा तीन विकेट गुमाएको पिएनजीले बाँकी ओभरमा ६२ रन मात्र जोड्न सक्यो । बलिङमा यूएईका आयन खानले ३ विकेट लिए भने जुनइद सिद्धिकी र जहूर खानले २र२ विकेट लिए । नेपाल, यूएई र पपुवा न्यूगिनीबीच यो सिरिज आइसीसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो ।

सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ । चार मध्ये पहिलो खेल जितेसँगै अब एक जिते नेपालको लिग–२ बाटै एकदिवसीय मान्यता जोगिनेछ । बाँकी तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ ।

सिरिजमा नेपालले अब फागुन २८ मा युएई, फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो