१ आश्विन २०८३, बिहिबार । September 18, 2026

एआईजी बढुवामा ५ डीआईजी सिफारिस, पहिलो नम्बरमा कुँवर


२६ फाल्गुन २०७९, शुक्रबार  

6
Shares

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आज बसेको गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिको बैठकले जदपद प्रहरी समूहतर्फका ५ जना प्रहरी नायब महानिरीक्षकहरूलाई सोही समूहतर्फ प्रहरी अतिरित्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जसमा डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी कुँवर छन् ।

‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९–११–२६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ प्रकाशित गरिएको बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ ।

आगामी चैत ११ गतेदेखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । त्यसपछि अहिले सिफारिस भएका एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौटको सम्भावना छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ