२९ बैशाख २०८२, सोमबार । May 12, 2025

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ ।

क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।

“क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ”, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए ।

व्यवस्थापक मानन्धरले भने, “क्यानको निर्णयबारे हामीलाई आज बिहान साढे सात बजेमात्र जानकारी भयो, बिहीबार साँझसम्म खबर पाएको भए यात्रु व्यवस्थापनमा सहज हुने थियो ।” बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडान भरेको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ जहाज छन् ।

तीमध्ये चारवटा मात्रै सञ्चालनमा छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको

भुटान महिला लिगमा नेपाली डिफेन्डर पूजा रानाको डेब्यु गोल, टिमको शानदार जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी डिफेन्डर पूजा रानाले

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा