२६ बैशाख २०८२, शुक्रबार । May 10, 2025

‘तेरे नाम’का निर्देशक सतिश कौशिकको निधन



काठमाडौं । भारतीय अभिनेता तथा निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ ।

कौशिकका नजिकका मित्र एवं अभिनेता अनुपम खेरले यसको पुष्टि गरेका छन् । अनुपम खेरले ट्विटमार्फत् सतिश कौशिकको निधन भएको जानकारी गराएका छन् । अभिनेता अनुपम खेरले आफूले प्रिय साथी गुमाएको भन्दै कौशिकको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले ट्विटरमा आफूहरूबीचको ४५ वर्षको मित्रतामा पूर्णविराम लागेको उल्लेख गरेका छन् । केही दिनअघि दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिकलाई हृदयाघात भएको थियो। हृदयाघातपछि उनलाई दिल्लीको फोर्टिस अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो । पोस्टमार्टमका लागि कौशिकको शव मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९६५ अप्रिल १३ को दिन भारतको हरियाणामा जन्मिएका कौशिक अभिनय, व्यङ्ग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत सक्रिय थिए। उनी भारतका चर्चित कलाकार हुन्। उनले निर्देशन गरेको चलचित्र ‘तेरे नाम’ले भारतमा निकै चर्काचा पाएको थियो।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  १ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप