११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

पाकिस्तानमा आतंकवादी हमला, नौ प्रहरी मारिए, १५ घाइते



एजेन्सी । पाकिस्तानमा फेरि अर्को आतंकवादी आक्रमण भएको छ ।

घटनामा नौ प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको बोलान क्षेत्रमा विस्फोट भएको हो । पाकिस्तानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै नौ प्रहरीको मृत्यु भएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले आत्मघाती आक्रमण भएको हुनसक्ने देखाएको छ । तर पुष्टि हुन बाँकी छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, बलुचिस्तानका प्रहरी कर्मचारी ड्युटीबाट फर्किरहेका बेला विस्फोट भएको थियो ।

विस्फोटले प्रहरीको गाडीसमेत पल्टिएको छ । घटनामा १५ प्रहरी घाइते भएको र उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पुर्याइएको डन न्युजले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यानमार बीचको खेल बराबरीमा रोकियो

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः किर्गिस्तानलाई हराउँदै तेस्रो बन्यो लेबनान

काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको

दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्ब ५४ करोड बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज

त्रिशूलीमा वेपत्ता भारतीय सैनिकको शव १० दिनपछि भेटियो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल