११ बैशाख २०८३, शुक्रबार । April 25, 2026

पाकिस्तानमा आतंकवादी हमला, नौ प्रहरी मारिए, १५ घाइते


२२ फाल्गुन २०७९, सोमबार  

6
Shares

एजेन्सी । पाकिस्तानमा फेरि अर्को आतंकवादी आक्रमण भएको छ ।

घटनामा नौ प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको बोलान क्षेत्रमा विस्फोट भएको हो । पाकिस्तानी सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै नौ प्रहरीको मृत्यु भएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानले आत्मघाती आक्रमण भएको हुनसक्ने देखाएको छ । तर पुष्टि हुन बाँकी छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, बलुचिस्तानका प्रहरी कर्मचारी ड्युटीबाट फर्किरहेका बेला विस्फोट भएको थियो ।

विस्फोटले प्रहरीको गाडीसमेत पल्टिएको छ । घटनामा १५ प्रहरी घाइते भएको र उनीहरूलाई उद्धार गरेर विभिन्न अस्पताल पुर्याइएको डन न्युजले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सङ्गीतमार्फत विश्व शान्तिको सन्देश ! “म्यूजिक फर पीस” कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘जर्नलिस्ट

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्