९ कार्तिक २०८३, सोमबार । October 26, 2026

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा


२२ फाल्गुन २०७९, सोमबार  

6
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ।

हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागेको हो । रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ती जारी गर्दै क्षेत्रमा पनि संगठन निर्माण गर्नलागेको बताए । रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यहरूबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्ने लागेको हो ।

समितिमा रहनका लागि इच्छुकले चैत १५ गतेसम्म आवेदन दिनुपर्ने ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने छ। अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि उक्त पार्टीले जनाएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएल सिजन–३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै !

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उद्घाटन खेलमा

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा