५ असार २०८३, शुक्रबार । June 19, 2026

रानीमहलबाट ३० लाख राजस्व संकलन


२१ फाल्गुन २०७९, आइतबार  

6
Shares

पाल्पा । नेपालको ताज महलको रुपमा चिनिएको रानीमहल अवलोकनबाट रु ३० लाख राजस्व सङ्कलन भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनबाट तानसेन नगरपालिकाले सात महिनामा उक्त रकम सङ्कलन गरेको हो । पाल्पाको तानसेन नगरपालिकामा अवस्थित रानीमहल पुरातत्व विभागअन्तर्गत रहेको छ । विसं २०७५ साउनमा विभागले १० वर्षका लागि नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

नगरपालिकाले रानीमहलको सरसफाइ, सजावट र व्यवस्थापन गर्दै आएको छ । रानीमहल व्यवस्थित बनेपछि यहाँ आउने पर्यटक बढेसँगै राजस्वमा वृद्धि भएको हो । नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीका अनुसार साउनदेखि माघसम्ममा ५० हजार बढी पर्यटकले रानीमहलको अवलोकन गरेका छन् ।

दैनिक दुई सय बढी पर्यटक भित्रिने गरेका छन् । गत वर्ष रु सात लाख टिकट बिक्रीबाट आम्दानी गरेको नगरपालिकाले यस वर्ष सात महिनामै तेब्बर लक्ष्य पूरा गरेको छ । “विगतका वर्षमा नगरपालिकाले ठेक्का प्रक्रिया अपनाउँदा थोरै राजस्व सङ्कलन गरेको थियो”, प्रवक्ता कार्की भन्छन्, “यस वर्षदेखि नगरपालिका आफैँले कर्मचारी परिचालन गरी व्यवस्थापन गर्दा राजस्व वृद्धि गरेको हो ।”

नगरपालिकाको शिरले चिनिने अर्को महत्वपूर्ण पर्यटकीयस्थल श्रीनगर हो । यो वनभोजस्थल पनि हो । पाल्पा, स्याङ्जा, गुल्मी, रुपन्देही, कपिलवस्तुबाट यहाँ वनभोज मनाउन आउनेको घुइँचो लाग्ने गर्दछ ।

चालु आवको सात महिनामा ७० हजार बढी पर्यटकले श्रीनगरको अवलोकन गरेका छन् । शान्त, मनोरम र स्वच्छ हावापानीको आनन्द लिन पर्यटक यहाँ आउने गर्दछन् । श्रीनगर अवलोकनबाट नगरपालिकाले रु १५ लाख राजस्व सङ्कलन गरेको छ । यहाँ नगरपालिकाले खानेपानी, विद्युत् तथा सरसफाइको व्यवस्थापन गरेको छ ।

श्रीनगरको नगरपालिकाले व्यवस्थापन र प्रचार प्रसारले पर्यटकको सङ्ख्या बढेको नगरपालिकाका प्रेस सल्लाहकार मुक्ति न्यौपानेले बताए । चालु आवदेखि नगरपालिका आफैले श्रीनगर व्यवस्थापन गर्न थालेपछि राजस्व वृद्धि भएको हो ।नगरपालिकाले रानीमहल दरबार अवलोकनका लागि रु ५० तोकेको छ ।

सार्क देशका लागि रु ८० र अन्य मुलुकका नागरिकले रु एक सय ५० तिरेर दरबारको अवलोकन गर्ने गरेका छन् । त्यस्तै श्रीनगर अवलोकनका लागि रु २० लिने गरिएको छ । नगरपालिकाभित्र रानीमहल र श्रीनगरका साथै भगवती मन्दिर, अमरनारायण मन्दिर, सित्तलपार्टी, मूल ढोका, पाल्पा दरबार, ऋषिकेश मन्दिरलगायतका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल पर्दछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा