१२ असार २०८३, शुक्रबार । June 26, 2026

एमालेसँग संवादको ढोका खुल्योः प्रवक्ता खतिवडा


१४ फाल्गुन २०७९, आइतबार  

6
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर संवादको ढोका खोलेको बताएको छ ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै राष्ट्रपति निर्वाचनको विषय अगाडी बढिसकेकाले साथ दिन नसक्ने बताएका छन् । उनले एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभए पनि राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुने बताए ।

उनले लेखेका छन्, ‘पत्रका लागि धन्यवाद । यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुन सक्दछ ।’ नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका राष्ट्रपति उमेदवार सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक संवादको ढोका खोलेको बताएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ९ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर