६ आश्विन २०८३, मंगलबार । September 22, 2026

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ


४ फाल्गुन २०७९, बिहिबार  

6
Shares

एजेन्सी । गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए । उनले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गरेका थिए । वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा र्‍यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उनी एक छुन् ।

“यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,” चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भने । “हामी बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ,” उनले भने । उनले भने, “जबसम्म हामी जवाफदेहिता देख्दैनौँ, हामी दिगो सुधार गर्न सक्दैनौँ ।”

ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ । उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ । संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बङ्गलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ । अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ । आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन् ।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताएका छन् । सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ । चोलेटले ढाकामा हसिनासँग भेट गरेका थिए भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा