२३ माघ २०८१, बुधबार । February 5, 2025

बङ्गलादेशमाथिको प्रतिबन्ध कायमै रहने अमेरिकी भनाइ



एजेन्सी । गैरन्यायिक हत्याको आरोप लागेको बङ्गलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ ।

विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एशियाली देशको भ्रमण गरेका थिए । उनले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गरेका थिए । वासिङ्टनले मानव अधिकार उल्लङ्घन गरेको आरोपमा र्‍यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बङ्गलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उनी एक छुन् ।

“यदि कहीँ कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौँ भन्ने कारण खोज्नु जरूरी छ,” चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भने । “हामी बङ्गलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौँ,” उनले भने । उनले भने, “जबसम्म हामी जवाफदेहिता देख्दैनौँ, हामी दिगो सुधार गर्न सक्दैनौँ ।”

ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ । उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बङ्गलादेशले प्रायःसंयुक्त राष्ट्रसङ्घमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ । संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बङ्गलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ । अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बङ्गलादेशी नागरिकको हत्या गरिसकेको छ । आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन् ।

सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बङ्गलादेशबाट भागेको बताएका छन् । सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ । चोलेटले ढाकामा हसिनासँग भेट गरेका थिए भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट

सुनको मूल्यमा भारी बृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ

महिला टी–२० सिरिजः नेपाल र नेदरल्यान्ड्स भिड्दै, पहिलो जितको खोजिमा नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट