१५ फाल्गुन २०८२, शुक्रबार । February 27, 2026

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो स्पष्टीकरण



बुटवल । सडक डिभिजन कार्यालय बुटवलले १२ वटा निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो। कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ। डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । स्पष्टीकरण सोधिएका कम्पनीहरुमा चण्डी–सिद्धबाबा जेभी रुपन्देही, थापा कन्स्ट्रक्सन प्रालि नवलपरासी, समिर–मर्चवार जेभी रुपन्देही, मजदुर कन्स्ट्रक्सन सुर्खेत, सफिक निर्माण सेवा रुपन्देही र वाइड एंगल निर्माण सेवा भक्तपुर रहेका छन् ।

यसैगरी बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौं, द कन्चनजंघारबिरुवा जेभी काठमाडौं, मृत संजिवनी निर्माण सेवा प्रालि हेटौंडा, बोखिम शान्ति जेभी काठमाडौं, निलगिरि–नेसनल जेभी काठमाडौं, खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई सडक डिभिजनले स्पष्टीकरण सोधेको छ। कार्यालयले विश्वसनीय स्पष्टीकरण नभए ठेक्का तोड्नका लागि थप प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष