२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो स्पष्टीकरण



बुटवल । सडक डिभिजन कार्यालय बुटवलले १२ वटा निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो। कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ। डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ । स्पष्टीकरण सोधिएका कम्पनीहरुमा चण्डी–सिद्धबाबा जेभी रुपन्देही, थापा कन्स्ट्रक्सन प्रालि नवलपरासी, समिर–मर्चवार जेभी रुपन्देही, मजदुर कन्स्ट्रक्सन सुर्खेत, सफिक निर्माण सेवा रुपन्देही र वाइड एंगल निर्माण सेवा भक्तपुर रहेका छन् ।

यसैगरी बिरुवा कन्स्ट्रक्सन प्रालि काठमाडौं, द कन्चनजंघारबिरुवा जेभी काठमाडौं, मृत संजिवनी निर्माण सेवा प्रालि हेटौंडा, बोखिम शान्ति जेभी काठमाडौं, निलगिरि–नेसनल जेभी काठमाडौं, खाम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई सडक डिभिजनले स्पष्टीकरण सोधेको छ। कार्यालयले विश्वसनीय स्पष्टीकरण नभए ठेक्का तोड्नका लागि थप प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको