११ बैशाख २०८३, शुक्रबार । April 24, 2026

सांसद चन्द्र भण्डारीले गुमाए आमा


४ फाल्गुन २०७९, बिहिबार  

12
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर पण्डिएर गम्भीर घाइते भएका ८६ वर्षकी हरिकलाको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा १०ः५७ बजे निधन भएको हो । अस्पतालले विज्ञप्ति जारी गर्दै उनको शरीर ७० प्रतिशत जलेको बताएको थियो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।

तर, उनको पनि अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म