९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

विश्वविद्यालयमा गोलीचल्दा तीन जना मारिए



एजेन्सी । अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क लगाएका होचो कदका व्यक्तिले गोली चलाएका अनुमान गरिएको छ । अभियुक्तको खोजी भइरहेको छ ।

विश्वविद्यालय प्रशासनले विद्यार्थीहरूलाई तत्काल सुरक्षित रहन सन्देश प्रवाह गरेकोा थियो । गोलीकाण्डबारे जानकारी प्राप्त हुनेवित्तिकै करिब ३० वटा दमकल, एम्बुलेन्स र अन्य आपत्कालीन सवारी साधन विश्वविद्यालय पुगेका थिए । यसैबीच, एशोशिएटेड प्रेसका अनुसार आक्रमणकारी पनि मारिएको छ ।

चार घण्टासम्म विश्वविद्यालयको वातावरण तनावग्रस्त भएको थियो । आक्रमणकारी मारिएको खबर प्रहरीले आज सार्वजनिक गरेको हो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन ।

निजको विश्वविद्यालयसँगको संलग्नताबारे केही उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लामिनारले टाइल्सले सार्वजनिक गर्‍यो नेपालकै पहिलो फुल-बडी टाइल संग्रह ‘cento’

काठमाडौं । नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार

तोलामा १ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको

कराँते वान युथ लिगः नेपालकी ऐरिका गुरुङलाई रजत पदक

एजेन्सी । यूएईमा जारी कराँते वान युथ लिगमा नेपालकी ऐरिका

च्याम्पियन्स ट्रफीः भारतको विजयी शुरूवात, बङ्गलादेश ६ विकेटले पराजित

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा भारतले

घट्यो अमेरिकी डलरको मूल्य, पाउण्ड र युरो पनि ओरालो लाग्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर