१० बैशाख २०८३, बिहिबार । April 24, 2026

प्रणय दिवस

के तपाईले कहिले “आइ लभ यू” आमा भन्नु भएको छ ?



जति जनाले पनि यो लेख पढ्दै हुनुहुन्छ, एउटा सानो क्षणलाई स्मरण गर्ने प्रयास गरौँ है त ।

तपाईले कहिले आफ्नी आमालाई “आई लभ यू” भन्नु भएको छ ? एकछिन मज्जाले सोच्नुस त । अहँ ! सम्झन सक्नु भएन नि हैन ? सायद हामी मध्ये धेरैले आमालाई “आई लभ यू” भनेकै छैनौं । त्यसैले सम्झन सकेनौं । मैले पनि कैले भनेकै छैन । यो भ्यालेन्टाइन्स सप्ताहा चलिरहँदा मात्र मलाई यो कुराको महसुस भयको हो ।

आज सम्म आमाका लागी कैंयौं कथा, कविता, लेख सृजना भइसकेका छन । आमाको माया र त्यागको भार पूर्ति कुनै पनि साहित्यिक रचनाले गर्न सक्दैनन् होला । तर पनि आमाका लागी कृतिहरु रचिन्छन् । मलाई लाग्छ कही कतै ती रचनाले आमालाई अझ माया गर्न, अझ सम्मान गर्न झक्झक्याउँछन् ।

मनदेखि हामी सबैले आमालाई माया गर्छौँ । आमाको दुःख महसुस गर्छौँ । आमालाई खुसी दिन चाहान्छौँ । हाम्रो व्यवहारमा आमाको लागि माया प्रष्ट झल्किन्छ तर बोलीले हामीले आमा म तपाँइलाई माया गर्छु भन्दैनौँ अथवा भन्नै सक्दैनौँ । किनकी हाम्रो समाजमा यस्तो वातावरण विरलै भेटिन्छ ।

जति सजीलै हामी साथीलाई, प्रेमी र प्रेमिकालाई, श्रीमान र श्रीमतीलाई आफूले मुटु नै फुट्ने गरी माया गर्छु भनेर भन्न सक्छौं त्यतिनै मुस्किल हुन्छ त्यो भन्दा कैंयौं गुणा बढी माया गर्ने आमालाई भन्न । प्रेमी प्रेमिका लाई गिफ्ट्याउन हामी विभिन्न बहाना खोजी रहेका हुन्छौ । बर्थ डे, एनिभर्सरी, भ्यालेन्टाइन्स डे जस्ता अवसर गिफ्ट दिन, सरप्राइज दिन उत्तम ठान्छौ हामी ।

अझ फेसबुकमा राम्रो फोटो र लामो क्याप्सन नपोस्ट्याए त ती अवसर पूर्ण नै मानिँदैनन् भन्दा पनि फरक नपर्ला । त्यसो त माता तिर्थ औंसीमा आमाको फोटो राखेर लामो क्याप्सन सहित सामाजिक सञ्जालमा आमालाई शुभकामना पनि दिन्छौं । तर के सबै आमाहरु फेसबुकबाटै धन्यवाद भन्ने दक्षता राख्नु हुन्छ होला त ? कैयौं आमाहरु सामाजिक सञ्जालमा दिइएका ती हराफौँ शुभकामनाहरु पढ्न नै जान्नु हुन्न वा पढ्न जान्ने भएतापनि उहाँलाई सामाजिक सञ्जालको ज्ञान छैन् । अनी ती आमालाई हामीले भन्छौँ ? मैले तपाइका लागि सामाजिक सञ्जालमा केहि शब्द लेखेको छु भनेर ? पक्कै भन्दैनौँ ।

१४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन प्रेमील जोडीले आफ्नो मनको कुरा खुलेर एक–अर्कालाई सुनाउँछन् । फूल, चक्लेट र विभिन्न किसिमका उपहार दिन्छन् र प्रेम दिवसलाई सेलिब्रेसन गर्ने गर्छन् । प्रेमिल जोडिले उत्सबका रुपमा यो दिवसलाई मनाउँने गर्दछन् । हाम्रो जीवनको पहिलो प्रेम भनेको आमा हो ।

आमा शब्द आफैमा पूर्ण शब्द हो जसलाई कुनै परिभाषा को जरूरत पर्दैन । आमा लाई परिभाषित गर्न खोज्नु मूर्खता हुन सक्छ । किनकी यो शब्द होइन, भावना हो । यो भ्यालेन्टाइन्स डे आमा सँग सेलिब्रेट गर्ने प्रयास गर्ने कि ? आमा लाई खुसि बनाउन धेरै महँगो र ठूलो उपहार दिनु पर्छ भन्ने छैन । आमा म तपाँइलाई धेरै माया गर्छु मात्र भने पनी आमालाई ठूलो खुसी मिल्छ् ।

सुन्दा सामान्य लाग्न सक्छ , तर यसलाई हामीले कमै अभ्यासमा ल्याएका छौँ । हामी सबैले भन्छौ नि आमा नै मेरो सर्वेसर्वा हो भनेर । आमा प्रतिको आफ्नो भावना लाई आमा कै अघि भन्नु जरुरी छ जस्तो लाग्छ मलाई । यसरी आफ्नो भावना आमाको अघि पस्कदा, आमा सँग भयका बेदनाका कुन्ठाहरु पनी बाहिर आउँछन् की ? आमा सँग पनि हामिले भन्न हिच्किचाएका जस्तै सयौ भावना पो छन् कि ? प्रयास गरौँ । असम्भव छैन ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ९ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म