२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

तलब नपाएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका डाक्टर आन्दोलित



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयसम्म तलब नपाएको भन्दै करार डाक्टरहरु आन्दोलित भएका छन ।

छात्रबृत्तिमा चिकित्सिाशास्त्र अध्ययन गरेर २ वर्षसम्म सरकारी अस्पतालमा काम गर्नुपर्ने प्रवधान अनुसार प्रादेशिक अस्पतालमा करारमा कार्यरत ३० जना डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् । काम गरेको ३ महिना वितिसक्दा पनि तलब नपाएको भन्दै उनिहरू काम नै रोकेर आन्दोलित भएका हुन । समयमा नै तलब नपाउँदा गुजारा चलाउन समस्या परेपछि प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत तलब पाउन नसकेको उनिहरुको गुनासो छ ।

तलब उपलब्ध गराउनको लागि ज्ञापनपत्र समेत बुझाँएको र कुनै सुनुवाई नभएपछि आफुहरु आन्दोलित हुन बाध्य भएको डाक्टर अर्जुन बुढाथोकीले बताए । उनिहरू बिहिबार अस्पतालको प्रशासन अगाडी उभिएर विरोध जनाएका थिए । सरकारी छात्तबृत्तिमा अध्ययन गरे बापत सरकारी अस्पतालमा काम गर्नुपर्ने नियम अनुसार करारमा काम गर्ने डाक्टरहरुको तलब संघीय सरकारबाट आउने गरेको र अहिले तलब आउन ढिलाई भएको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलका मेसु डाक्टर ईन्द्र ढकालले जानकारी दिए ।

यो समस्या लुम्बिनी प्रादेशीक अस्पताल बुटवलको मात्र नभएर देशभरको समस्या भएको भन्दै उनले निर्वाचनसँगै सरकार परिवर्तनले गर्दा तलब आउन ढिला भएको हुन सक्ने प्रतिक्रिया दिए । तलब प्राप्त गर्ने प्रक्रिया अनुसार अर्थ मन्त्रालयबाट पास भएर स्वास्थ्य मन्त्रालयमा गएको भन्ने थाहा पाएको बताउँदै ढकालले अबको १० दिन भित्र करार डाक्टरहरुले तलब प्राप्त गर्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको