१० बैशाख २०८३, बिहिबार । April 24, 2026

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले आज शपथ ग्रहण गर्दै


२९ माघ २०७९, आइतबार  

6
Shares

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ ।

प्रदेश प्रमुख सचिवालका अनुसार दिउँसो १ बजेका पद तथा गोपनियताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ । मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिबार सरकारलाई पूर्णता दिएका थिए । मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिनाविभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गरी कार्यविभाजन गरेका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् । जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ । यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म