२३ माघ २०८२, बिहिबार । February 5, 2026

टर्की भुकम्प अपडेट

हालसम्म दुवै देशका २१ हजार बढीले गुमाए ज्यान



एजेन्सी। टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी २१ हजार भन्दा बढीको मृत्यु भएको छ ।

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मृत्यु हुनेको सङ्ख्या झण्डै १८ हजार पुगेको छ । त्यस्ते सिरियामा हालसम्म झन्डै ४ हजारले आफ्नो ज्यान गुमाएका छन् ।

अत्यधिक चिसो र लगातार हिउँ परिरहेका कारण उद्धारमा निकै समस्या भइरहेको छ । भुकम्पको चौथो दिन वितिसक्दा पनि चिसोकै कारण उद्धारमा निकै सास्ती व्यहोर्नु परिरहेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल