२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मुस्लिम इत्तेहाद संगठनले देउवालाई बुझायो ज्ञापनपत्र



काठमाडौं । मुस्लिम इत्तेहाद संगठन नेपालले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाको नेतृत्वमा बिहीबार गएको प्रतिनिधिमण्डलले कांग्रेस सभापति देउवा निवासमा विभिन्न माग राख्दै ज्ञापनपत्र वुझाएको हो । ज्ञापन पत्रमा आफ्ना मागहरु सरकार समक्ष विशेष पहल गरीदिन माग गरेको छ । मागपत्रमा मुस्लिम समुदायको राजनीतिक सामाजिक, आर्थिक, शैक्षिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा पहुँच तथा विकासको लागि गर्नुपर्ने कामका बारे उल्लेख गरिएको छ ।

उक्त पत्रमा बहुसंख्यक गरीबीबाट पिल्सिएकाहरू अहिले सामान्य सम्मानित जीवनयापनको लागि पनि निकै ठुलो अप्ठ्यारोमा छन् । शिक्षा, स्वास्थ्य, रोजगारको अवसरबाट बञ्चित छन् । यसमा आम मुस्लिम महिलाहरूको अवस्था अझ कमजोर छ । यसलाई पनि ध्यानमा राखेर विशेष नीतिहरू बनाउनु पर्ने आवश्यकता उल्लेख गरीएको छ ।

संविधानमा भएको व्यवस्थाहरुलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि कतिपय ऐन नियमहरू बनाउनु पर्ने, संशोधन गर्न पर्ने लगायत विषयहरु उल्लेख गरीएको छ । वर्तमान निर्वाचन निर्देशिका अनुसार परिभाषित ६ वटा क्लस्टर मध्ये तुलनात्मक रूपमा कम मुस्लिम जनसंख्या रहेका बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समानुपातिक निर्वाचनबाट प्रदेश सभामा मुस्लिम समुदाय समावेश भएर जाने अवस्था नै नरहेको हुँदा यी प्रदेशहरूमा पनि मुस्लिम समुदायलाई समेट्ने गरी निर्देशिका संशोधन गर्न माग गरीएको छ ।

प्रतिनिधि मण्डलसँगको भेटका क्रममा कांग्रेस सभापति देउवाले सो समुदायका माग प्रति आफू सकारात्मक रहेको प्रतिवध्दता व्यक्त गर्दै ति विषयहरुलाई पूर्णता दिन आफूले सरकार समक्ष पहल गर्ने जनाएका छन् । केही दिन अघि पनि उक्त संगठनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको