१ बैशाख २०८२, सोमबार । April 14, 2025

टर्की भुकम्प अपडेट

मृत्यु हुनेको संख्या ८ हजार ७ सय, ३५ हजार बढी घाइते



एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय पुगेको छ ।

त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका छन् भने सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् । साथै १ हजार २ सय २० भन्दा बढी भवनमा क्षति पुगेको छ । यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ ।

यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।

भुकम्पमा परि ज्यान गुमाउने र घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । जसकारण मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यद्यपी टर्कीमा लगातार हिउँ परिरहेको र खराब मौसमका कारण उद्धार कार्यमा निकै चुनौति देखिएको छ । उद्धार कार्यका नाटकिय फुटेजहरु बाहिर आइरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छविराज सुनारको ‘कि सिधै नो भन्देउ’ ले मच्यायो धूम

काठमाडौं । गायक छविराज सुनारको नयाँ गीत ‘कि सिधै नो

नयाँ वर्षको सुरुवात सडकमै: शिक्षक तथा विद्यालय कर्मचारीको आन्दोलन जारी

काठमाडौँ । नयाँ वर्षको उल्लासपूर्ण दिनमा जहाँ धेरैजसो नेपालीले उत्सव

मुस्ताङबाट झण्डै ९ क्विन्टल अवैध शालिग्राम बरामद, संरक्षणको चुनौती थपिँदै

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित छुसाङ चेकपोष्टबाट प्रहरीले ठूलो

६१ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस, को-को परे ? (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीले ६१ जना वरिष्ठ नायब निरीक्षक (सई)लाई