८ चैत्र २०८२, आइतबार । March 22, 2026

टर्की भुकम्प अपडेट

मृत्यु हुनेको संख्या ८ हजार नजिक, ३५ हजार बढी घाइते


२५ माघ २०७९, बुधबार  

6
Shares

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नजिक पुगेको छ ।

त्यस्तै घाइते हुनेको संख्या झन्डै ३५ हजार नाघेको छ । ज्यान गुमाउनेमा टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा २ हजार ३२ रहेको छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भौतिक संरचना ध्वस्त भएका छन् भने सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् । साथै १ हजार २ सय २० भन्दा बढी भवनमा क्षति पुगेको छ ।

यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् ।

टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ । भुकम्पमा परि ज्यान गुमाउने र घाइतेहरुको उद्धार कार्य चलिरहेको छ । जसकारण मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

यद्यपी टर्कीमा लगातार हिउँ परिरहेको र खराब मौसमका कारण उद्धार कार्यमा निकै चुनौति देखिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ९ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो