६ कार्तिक २०८३, शुक्रबार । October 24, 2026

कर्णाली प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा


२४ माघ २०७९, मंगलबार  

0
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजानिक बिदा दिने निर्णय पनि गरेको छ । बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ ।

यस्तै, कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । फागुनदेखि मन्त्रिपरिषद्को बैठक हरेक महिनाको दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  २ : ०० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि